वाग्मती सफाइ महाअभियानको ४७८औं सप्ताहको कार्यक्रम मिति २०७९/०३/२५ गते शनिबारका दिन बिहान २ घण्टा भौतिक दुरी कायम गर्दै महादेवस्थान पुल आसपासको क्षेत्रमा नदी र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।
सर-सफाइ कार्यक्रममा संकलित करिव ३ मेट्रिक टन फोहर काठमाडौ महानगरपालिका तथा यस समितिको सवारी साधन/ट्याक्टर बाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।
सर-सफाइ कार्यक्रममा कार्यकारी समितिका अध्यक्षज्यू, अभियान्ताज्यूहरू, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारीहरु तथा ५ वटा विभिन्न संघ संस्थाहरु बाट गरी करिव २०० जनाको सहभागीता रहेको थियो ।