वाग्मती सफाइ महाअभियानको ४७५ औं सप्ताहको कार्यक्रम मिति २०७९/०३/०४ गते शनिबारका दिन बिहान २ घण्टा भौतिक दुरी कायम गर्दै बानेश्वर क्याम्पस आसपासको क्षेत्रमा नदी र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ । सर-सफाइ कार्यक्रममा संकलित करिव ४.५ मेट्रिक टन फोहर काठमाडौ महानगरपालिका तथा यस समितिको सवारी साधन/ट्याक्टर बाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ । सर-सफाइ कार्यक्रममा कार्यकारी समितिका अध्यक्षज्यू, आयोजना प्रमखज्यू, काठमाडौं महानगरपालिका वातावरण विभागका प्रमुख सरिता राईज्यू, अभियान्ताज्यूहरू, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारीहरु तथा विभिन्न संघ संस्थाहरु बाट गरी करिव ११० जनाको सहभागीता रहेको थियो ।