वाग्मती सफाइ महाअभियानको ४७२ औं सप्ताहको कार्यक्रम मिति २०७९/०२/१४ गते शनिबारका दिन बिहान २ घण्टा भौतिक दुरी कायम गर्दै दोभान पुल शंखमुल आर्टअफ लिभिङ्ग आसपासको क्षेत्रमा नदी र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ । सर-सफाइ कार्यक्रममा संकलित करिव १ मेट्रिक टन फोहर काठमाडौ महानगरपालिका तथा यस समितिको सवारी साधन/ट्याक्टर बाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ । सर-सफाइ कार्यक्रममा कार्यकारी समितिका अध्यक्षज्यू, आयोजना प्रमखज्यू, अभियान्ताज्यूहरू, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारीहरु तथा विभिन्न संघ संस्थाहरु बाट गरी करिव २०० जनाको सहभागीता रहेको थियो ।