बाग्मती सफाई महाअभियानको ४६७ ‌औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महाअभियानको ४६७ औं सप्ताहको कार्यक्रम मिति २०७९/१/१० गते शनिबारका दिन बिहान २ घण्टा भौतिक दुरी कायम गर्दै भत्केको पुल सिनामंगल आसपासको क्षेत्रमा नदी र नदी किनारमा सफाइ कार्यक्रम सम्पन्न भएको छ । सफाइ कार्यक्रममा संकलित करिव ६ मेट्रिक टन फोहर काठमाडौ महानगरपालिका तथा यस समितिको सवारी साधन/ट्याक्टर बाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ । सफाइ कार्यक्रममा कार्यकारी समितिका अध्यक्षज्यू, अभियान्ताज्यूहरू, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारीहरु तथा विभिन्न संघ संस्था बाट गरी करिव १७० जनाको सहभागीता रहेको थियो ।

 

ne_NPNepali
ne_NPNepali en_USEnglish