वाग्मती सफाइ महाअभियानको ४६५ औं सप्ताहको कार्यक्रम मिति २०७८/१२/२६ गते शनिबारका दिन बिहान २ घण्टा भौतिक दुरी कायम गर्दै गुह्येश्वरी मन्दिर आसपासको क्षेत्रमा नदी र नदी किनारमा सफाइ कार्यक्रम सम्पन्न भएको छ । सफाइ कार्यक्रममा संकलित फोहर काठमाडौ महानगरपालिका तथा यस समितिको सवारी साधन/ट्याक्टर बाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ । सफाइ कार्यक्रममा कार्यकारी समितिका अध्यक्षज्यू, ई./सूचना अधिकारीज्यू, अभियान्ताज्यूहरू, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारीहरु तथा विभिन्न संघ संस्था बाट गरी करिव १०० जनाको सहभागीता रहेको थियो ।