वाग्मती सफाइ महाअभियानको ४६४ औं सप्ताहको कार्यक्रम मिति २०७८/१२/१९ गते शनिबारका दिन बिहान २ घण्टा भौतिक दुरी कायम गर्दै तिलगंगा आँखा अस्पताल नीलो पुल आसपासको क्षेत्रमा नदी र नदी किनारमा सफाइ कार्यक्रम सम्पन्न भएको छ । सफाइ कार्यक्रममा संकलित करिव ४ मेट्रिक टन फोहर काठमाडौ महानगरपालिका तथा यस समितिको सवारी साधन/ट्याक्टर बाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ । सफाइ कार्यक्रममा वडा सदस्यज्यूहरु, अभियन्ताज्यूहरू, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारीहरु र २ वटा संघ संस्था बाट करिव १५० जनाको सहभागीता रहेको थियो ।