बाग्मती सफाई महाअभियानको ५१३औं सप्ताह सम्पन्न

वागमती सफाइ महाअभियानको ५१३ औं सप्ताहको कार्यक्रम मिति २०७९/११/२७ गते शनिबारका दिन बिहान २ घण्टा भौतिक दुरी कायम गर्दै तिलगंगा आँखा अस्पताल आसपासको क्षेत्रमा र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।सर-सफाइ कार्यक्रममा संकलित करिव २ मेट्रिक टन फोहर काठमाडौ महानगरपालिका तथा यस समितिको सवारी साधन/ट्याक्टर बाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।सर-सफाइ कार्यक्रममा यस समितिका कार्यकारी समिति अधयक्षज्यु , कर्मचारीहरु, अभियन्ताहरू, लगायत ३ वटा संघ संस्थाबाट गरी करिव १२० जनाको सहभागीता रहेको थियो ।
en_USEnglish
en_USEnglish ne_NPNepali