वागमती सफाइ महाअभियानको ५११ औं सप्ताहको कार्यक्रम मिति २०७९/११/१३ गते शनिबारका दिन बिहान २ घण्टा भौतिक दुरी कायम गर्दै पशुपति राम मन्दिर आसपासको क्षेत्रमा र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।सर-सफाइ कार्यक्रममा संकलित करिव २ मेट्रिक टन फोहर काठमाडौ महानगरपालिका तथा यस समितिको सवारी साधन/ट्याक्टर बाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।सर-सफाइ कार्यक्रममा यस समितिका कार्यकारी समिति अधयक्षज्यु , कर्मचारीहरु, अभियन्ताहरू, संघ संस्थाबाट गरी करिव ८० जनाको सहभागीता रहेको थियो ।