बाग्मती सफाई महाअभियानको ५०९औं सप्ताह सम्पन्न

वागमती सफाइ महाअभियानको ५०९ औं सप्ताहको कार्यक्रम मिति २०७९/१०/२८ गते शनिबारका दिन बिहान २ घण्टा भौतिक दुरी कायम गर्दै पशुपति सुर्यघाट देखि भीष्मेश्वर आर्यघाट आसपासको क्षेत्रमा र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।सर-सफाइ कार्यक्रममा संकलित करिव २ मेट्रिक टन फोहर काठमाडौ महानगरपालिका तथा यस समितिको सवारी साधन/ट्याक्टर बाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।सर-सफाइ कार्यक्रममा यस समितिका कार्यकारी समिति अध्यक्षज्यु , कर्मचारीहरु, अभियन्ताहरू, लगायत ५ वटा विभिन्न संघ संस्थाहरुबाट गरी करिव १२० जनाको सहभागीता रहेको थियो ।
en_USEnglish
en_USEnglish ne_NPNepali