वाग्मती सफाइ महाअभियानको ५०४ औं सप्ताहको कार्यक्रम मिति २०७९/०९/ २३ गते शनिबारका दिन बिहान २ घण्टा भौतिक दुरी कायम गर्दै गुह्येश्वरी मन्दिर आसपासको क्षेत्रमा र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।सर-सफाइ कार्यक्रममा संकलित करिव ३ मेट्रिक टन फोहर काठमाडौ महानगरपालिका तथा यस समितिको सवारी साधन/ट्याक्टर बाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।सर-सफाइ कार्यक्रममा यस समितिका कार्यकारी समिति अधयक्षज्यु , अभियन्ता कर्मचारीहरु, अभियन्ताहरू, लगायत २ वटा विभिन्न संघ संस्थाहरुबाट गरी करिव १४० जनाको सहभागीता रहेको थियो ।