बाग्मती सफाई महाअभियानको ५०३औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महाअभियानको ५०३ औं सप्ताहको कार्यक्रम मिति २०७९/०९/ १६ गते शनिबारका दिन बिहान २ घण्टा भौतिक दुरी कायम गर्दै गुह्येश्वरी मन्दिर आसपासको क्षेत्रमा र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ । सर-सफाइ कार्यक्रममा संकलित करिव १ मेट्रिक टन फोहर काठमाडौ महानगरपालिका तथा यस समितिको सवारी साधन/ट्याक्टर बाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।सर-सफाइ कार्यक्रममा यस समितिका कार्यकारी समिति अधयक्षज्यु , अभियन्ता कर्मचारीहरु, अभियन्ताहरू, लगायत ३ वटा विभिन्न संघ संस्थाहरुबाट गरी करिव ११० जनाको सहभागीता रहेको थियो ।
en_USEnglish
en_USEnglish ne_NPNepali