बाग्मती सफाई महाअभियानको ४९५औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महाअभियानको ४९५ औं सप्ताहको कार्यक्रम मिति २०७९/०७/ १९ गते शनिबारका दिन बिहान २ घण्टा भौतिक दुरी कायम गर्दै पशुपति राम मन्दिर आसपासको क्षेत्रमा र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।
सर-सफाइ कार्यक्रममा संकलित करिव २ मेट्रिक टन फोहर काठमाडौ महानगरपालिका तथा यस समितिको सवारी साधन/ट्याक्टर बाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।
सर-सफाइ कार्यक्रममा यस समितिका कार्यकारी समिति अधयक्षज्यु , आयोजना प्रमुखज्यू, उप-आयजना प्रमखज्यू, सूचना अधिकारीज्यू कर्मचारीहरु, अभियन्ताहरू, ५ वटा विभिन्न संघ संस्थाहरु बाट गरी करिव १८० जनाको सहभागीता रहेको थियो।
en_USEnglish
en_USEnglish ne_NPNepali