बाग्मती सफाई महाअभियानको ४९३औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महाअभियानको ४९३ औं सप्ताहको कार्यक्रम मिति २०७९/०७/ ०५ गते शनिबारका दिन बिहान २ घण्टा भौतिक दुरी कायम गर्दै प्रसुती गृह थापाली प्रहरी विट अगाडी आसपासको क्षेत्रमा र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।
सर-सफाइ कार्यक्रममा संकलित करिव १.५ मेट्रिक टन फोहर काठमाडौ महानगरपालिका तथा यस समितिको सवारी साधन/ट्याक्टर बाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।
सर-सफाइ कार्यक्रममा आयोजना प्रमुख श्री सुबास बस्नेतज्यूको नेतृत्वमा का.म.न.पा. को समन्वयमा थापाथली स्थित सुकुम्कबासी क्षेत्रमा १०/१५ वटा अनाधिकृत रुपमा निर्माण भएका टवाइलेट, तरकारी खेतबारी, कुखुराको खोर लगायत टहरा हटाइएको छ ।
सर-सफाइ कार्यक्रममा यस समितिका कार्यकारी समिति अधयक्षज्यु , आयोजना प्रमुखज्यू, कर्मचारीहरु, अभियन्ताहरू, २ वटा विभिन्न संघ संस्थाहरु बाट गरी करिव ११० जनाको सहभागीता रहेको थियो।
en_USEnglish
en_USEnglish ne_NPNepali