वाग्मती सफाइ महाअभियानको ४८८ औं सप्ताहको कार्यक्रम मिति २०७९/०६ /०१ गते शनिबारका दिन बिहान २ घण्टा भौतिक दुरी कायम गर्दै शंखमुल पुल मंगलबजार जाने पुल माथि तथा तल आसपासको क्षेत्रमा नदी र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ । सर-सफाइ कार्यक्रममा संकलित करिव ४ मेट्रिक टन फोहर काठमाडौ महानगरपालिका तथा यस समितिको सवारी साधन/ट्याक्टर बाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ । लायन्स क्लबद्वारा यस समितिका कार्यकारी समिति अध्यक्षज्यूलाई सफाई सम्बन्धी सामाग्री हस्तान्तरण गरिएको थियो ।सर-सफाइ कार्यक्रममा कार्यकारी समितिका अध्यक्षज्यू, कर्मचारीहरु अभियन्ताहरू तथा ७ वटा विभिन्न संघ संस्थाहरु बाट गरी करिव २०० जनाको सहभागीता रहेको थियो