वाग्मती सफाइ महाअभियानको ४८६ औं सप्ताहको कार्यक्रम मिति २०७९/०५/१८ गते शनिबारका दिन बिहान २ घण्टा भौतिक दुरी कायम गर्दै शंखमुल मनोहरा पुल नजिक आसपासको क्षेत्रमा नदी र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।
सर-सफाइ कार्यक्रममा संकलित करिव २ मेट्रिक टन फोहर काठमाडौ महानगरपालिका तथा यस समितिको सवारी साधन/ट्याक्टर बाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।
सर-सफाइ कार्यक्रममा कार्यकारी समितिका कर्मचारीहरु अभियन्ताहरू तथा ५ वटा विभिन्न संघ संस्थाहरु बाट गरी करिव २१० जनाको सहभागीता रहेको थियो