बाग्मती सफाई महाअभियानको ४७३ ‌औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महाअभियानको ४७३ औं सप्ताहको कार्यक्रम मिति २०७९/०२/२१ गते शनिबारका दिन बिहान २ घण्टा भौतिक दुरी कायम गर्दै सिनामंल भत्केको पुल भन्दा तल गुह्येश्वरी स्कूल आगाडी ‌ तथा आसपासको क्षेत्रमा नदी र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।
सर-सफाइ कार्यक्रममा संकलित करिव ४ मेट्रिक टन फोहर काठमाडौ महानगरपालिका तथा यस समितिको सवारी साधन/ट्याक्टर बाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।
सर-सफाइ कार्यक्रममा कार्यकारी समितिका अध्यक्षज्यू, आयोजना प्रमखज्यू, सूचना अधिकारीज्यू, अभियान्ताज्यूहरू, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारीहरु तथा विभिन्न संघ संस्थाहरु बाट गरी करिव २०० जनाको सहभागीता रहेको थियो ।
en_USEnglish
en_USEnglish ne_NPNepali