इचङ्गु होल्डिङ सेन्टरमा बालबालिकालाई विद्यालय पोशाक (स्कुल ड्रेस) वितरण

अन्य गतिविधि

None

आयोजना प्रमुखज्यूको नेतृत्वमा काठमाडौं महानगरपालिका–१५ स्थित इचङ्गु होल्डिङ सेन्टरमा रहेका १५ जना बालबालिकालाई विद्यालय पोशाक (स्कुल ड्रेस) वितरण गरिएको छ। आर्थिक रूपमा विपन्न तथा आवश्यकतामा रहेका बालबालिकालाई लक्षित गरी सञ्चालन गरिएको यस कार्यक्रमले उनीहरूलाई शैक्षिक वातावरणमा थप उत्साह, आत्मविश्वास र सकारात्मक सोचका साथ अध्ययन गर्न प्रेरित गर्ने विश्वास लिइएको छ।

बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले गरिएको यस मानवीय कार्यले शिक्षा तथा सामाजिक क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको छ। बालबालिकाको शिक्षा, संरक्षण र विकासप्रति सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्दै बालमैत्री समाज निर्माणमा योगदान पुर्‍याउने यस प्रकारका कार्यले आगामी दिनमा समेत निरन्तरता पाउने अपेक्षा गरिएको छ।