वाग्मती सफाइ महाअभियानको ६७७ औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महा-अभियान

None

वाग्मती सफाइ महाअभियानको ६७७ औं सप्ताहअन्तर्गत मिति २०८३/०१/१९ गते शनिबार बिहान २ घण्टा तीनकुने पुल प्रहरी चौकी आसपास क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

उक्त सरसफाइ कार्यक्रमबाट करिब १ मेट्रिक टन फोहोर संकलन गरिएको छ । संकलित फोहोरलाई काठमाडौं महानगरपालिका  तथा अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिको सवारी साधनमार्फत कुहिने र नकुहिने छुट्याई व्यवस्थापन गरिएको छ ।

कार्यक्रममा समितिका  पदाधिकारीज्यूहरु, वाग्मती अभियन्ताहरु ७ जना, समितिका कर्मचारीहरु ६ जना र सरसफाइकर्मी १६ जना गरी जम्मा २९ जनाको सहभागिता रहेको थियो ।