वि.सं:
नेपाल संवत: ११४६ चौलागा चतुर्थी - १९
वाग्मती सफाइ महाअभियानको ६७३ औं सप्ताहअन्तर्गत मिति २०८२/१२/२१ गते शनिबार बिहान २ घण्टा मनोहरा दोभान पुल आसपासको नदी तथा नदी किनार क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।
उक्त सरसफाइ कार्यक्रमबाट करिब ५ मेट्रिक टन फोहोर संकलन गरिएको छ । संकलित फोहोरलाई काठमाडौं महानगरपालिकाको सवारी साधनमार्फत कुहिने र नकुहिने छुट्याई व्यवस्थापन गरिएको छ ।
कार्यक्रममा समितिका आयोजना प्रमुखज्यू तथा पदाधिकारीज्यूहरु, वाग्मती अभियन्ताहरु १७ जना, स्थानीय बासिन्दा ८ जना, ज्ञान ज्योति महिला उत्थान बचत तथा ऋण सहकारीबाट २१ जना, समितिका कर्मचारीहरु २९ जना र सरसफाइकर्मी १६ जना गरी जम्मा ९१ जनाको सहभागिता रहेको थियो ।
_wG5xkumYWF_wumozxj.jpg)
_DJGvfGA3Sv_2i6f07d.jpg)