NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चिल्लागा एकादशी - २६

वाग्मती सफाइ महाअभियानको ६७० औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महा-अभियान

वाग्मती सफाइ महाअभियानको ६७० औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महाअभियानको ६७० औं सप्ताहको कार्यक्रम मिति २०८२/११/३० गते शनिबारका दिन बिहान २ घण्टा सिनामंगल भत्केको पुल आसपास क्षेत्रको नदी र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।

सरसफाईमा संकलित करिब ५ मेट्रिक टन फोहोर काठमाडौं महानगरपालिकाको सावरी साधनबाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।

वाग्मती सफाई कार्यक्रममा,  समितिका पदाधिकारीज्यूहरु, वाग्मती अभियन्ताहरु १५ जना, समितिका कर्मचारीहरु २३ जना, सरसफाईकर्मी १६ जना,  सहित जम्मा ५४ जनाको सहभागीता रहेको थियो ।