वि.सं:
नेपाल संवत: ११४५ कौलागा त्रयोदशी - २८
वाग्मती सफाइ महाअभियानको ६४९ औं सप्ताहको कार्यक्रम मिति २०८२/०७/०१ गते शनिबारका दिन बिहान २ घण्टा गौरीघाट चोक, प्रहरी विट अगाडी आसपास क्षेत्रको नदी र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।
सरसफाईमा संकलित करिब २.५ मेट्रिक टन फोहोर काठमाडौ महानगरपालिकाको सावरी साधनबाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।
वाग्मती सफाई कार्यक्रममा समितिका पदाधिकारीज्यू हरु, वागमती अभियन्ताहरु १० जना, समितिका कर्मचारीहरु २९ जना, सरसफाईकर्मी १६, जना सहित जम्मा ५५ जनाको सहभागीता रहेको थियो।