वि.सं:
नेपाल संवत: ११४५ चौलाथ्व षष्ठी - ६
बागमती सफाइ महाअभियानको ६१९ औं सप्ताहको कार्यक्रम मिति २०८१/१२/०९ गते शनिबारका दिन बिहान २ घण्टा तिनकुने पुल/ प्रहरी परिसर आसपास क्षेत्रमा नदी र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।
सरसफाईमा संकलित करिब ३ मेट्रिक टन फोहोर काठमाडौ महानगरपालिकाको सावरी साधनबाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।
वागमती सफाई कार्यक्रममा समितिका आयोजना प्रमुखज्यूको नेतृत्वमा कर्मचारीहरु ३० जना, सरसफाईकर्मी १७ जना र अभियन्ता १२० जना सहित जम्मा १६७ जनाको सहभागीता रहेको थियो ।