वि.सं:
नेपाल संवत: ११४५ चिल्लाथ्व त्रयोदशी - १३
बागमती सफाइ महाअभियानको ६१६ औं सप्ताहको कार्यक्रम मिति २०८१/११/१७ गते शनिबारका दिन बिहान २ घण्टा पशुपति आर्यघाट राम मन्दिर आसपास क्षेत्रको नदी र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।
सरसफाईमा संकलित करिब ४ मेट्रिक टन फोहोर काठमाडौ महानगरपालिकाको सावरी साधनबाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।
वागमती सफाई कार्यक्रममा समितिका कर्मचारीहरु २७ जना, सरसफाईकर्मी १७ जना, सहित जम्मा ४४ जनाको सहभागीता रहेको थियो ।