Photo Gallery

रजत महोत्सव, २०७५
अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिको २५ औं बाषिर्क उत्सव, रजत महोत्सवको अवसरमा शहरी विकास मन्त्रालयका माननीय मन्त्री श्री मोहम्मद इस्तियाक र्राईज्यू को प्रमुख आतिथ्यता एंव शहरी विकास मन्त्रालयका सचिव डा. श्री रमेश प्रसाद सिंहज्यूको विशेष आतिथ्यतामा मिति २०७५/१२/२४ गते आइतबारका दिन सम्पन्न भयो। माननीय मन्त्री श्री मोहम्मद इस्तियाक र्राईज्यू बाट पानसमा बत्ती बालेर, शान्तिको प्रतिकको रुपमा रहेको परेवा उर्डाई औपचारिक रुपमा सुरुवात गरिएको कार्याक्रममा रजत महोत्सवको ब्यानर सहित बेलुन उडाइएको थियो । उक्त कार्याक्रममा बाग्मती तथा यस कार्यालयबाट भइरहेका गतिविधिहरु समेटिएको बाग्मती पत्रिकाको विमोचन, बाग्मती सरसफाई महाअभियानमा विभिन्न सरकारी गैरसरकारी संघ-संस्थाहरु, अभियन्ताहरुले सफाई अभियानमा पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै सम्मान पत्र वितरण, आन्तरिक खेलकुद प्रतियोगितामा उत्कृष्ट भएका कर्मचारीहरु एंव कार्यालयको मूल्याङकनमा उत्कृष्ट भएका कर्मचारीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरियो ।