वाग्मती सरसफाई महाअभियान को ४०० औं हप्ता सम्पन्न

२०७० जेष्ठ ५ गतेदेखि हरेक हप्ता हुँदै आइरहेको वाग्मती सरसफाई महाअभियान को ४०० औं हप्ता २०७७/०९/२५ गते शनिबार पुरा भएको छ । “स्वच्ता हाम्रो पहिचान सफाइमा मेरो योगदान” भन्ने नारा सहित अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, वाग्मती सरसफाई अभियन्ताको सहकार्यमा गरिएको ४०० औ हप्ताको विशेष कार्यक्रम मिनभवन पुल क्षेत्रमा र सुन्दरीजल क्षेत्रमा भने माछाको भुरा नदीमा छोडेर सरसफाई सहित ‍औपचारिक कार्यक्रम गरी सम्पन्न भएको छ । मिनभवनमा नेपाल सरकारका पूर्व मुख्य सचिव, पूर्व राजदुत एंव अभियन्ता लिलामणि पौड्यालको अध्क्षतामा भएको कार्यक्रममा राष्ट्रिय सभा सदस्य मा.सांसद कोमल वलीज्यू प्रमुख अतिथि, शहरी विकास मन्त्रालयका सचिव डा. रमेश प्रसाद सिंहज्यू, अभिनेत्री एंव पूर्व वाग्मती सदभावना दुत मनिषा कोराला, यस समितिका आयोजना प्रमुख नवराज प्याकुरेलज्यू, चर्चित गायिका आनी च्योइङग डोल्मा यस समितिका कर्मचारीहरु लगायत विभिन वडाका जनप्रतिनिधीहरु, सामाजिक अभियन्ता, कलाकार, पत्रकार तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो । सुन्दरीजल क्षेत्रमा समितिका कार्यकारी अध्यक्ष श्री उद्धव प्रसाद तिमल्सेनाज्यूको प्रमुख अध्यक्षतामा, माननीय शहरी विकास मन्त्रालयका राज्य मन्त्री रामवीर मान्धरज्यू प्रमुख अतिथि, सुनदरीजल आर्सनल नेपाली सेना, विपद व्यवस्थापन गण नेपाली सेना, स्थानीय जनप्रतिनिधीहरु एंव यस समितिका कर्मचारीहरु को उपस्थिति रहेको थियो ।

ne_NPNepali
ne_NPNepali en_USEnglish