बाग्मती सफाई महाअभियानको ४९२औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महाअभियानको ४९२ औं सप्ताहको कार्यक्रम मिति २०७९/०६/ २९ गते शनिबारका दिन बिहान २ घण्टा भौतिक दुरी कायम गर्दै रुद्रमती पुल(मनोहरा दोभान) आसपासको क्षेत्रमा नदी र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ । सर-सफाइ कार्यक्रममा संकलित करिव १ मेट्रिक टन फोहर काठमाडौ महानगरपालिका तथा यस समितिको सवारी साधन/ट्याक्टर बाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।सर-सफाइ कार्यक्रममा यस समितिका कार्यकारी समिति अधयक्षज्यु , आयोजना प्रमुखज्यू, कर्मचारीहरु, अभियन्ताहरू, वेलायतबाट Water Conservation एं‌व विश्वका नदीहरु पानी संरक्षणका लागि कार्यरत ५ जना अभियन्ता टोली तथा ३ वटा विभिन्न संघ संस्थाहरु बाट गरी करिव १२० जनाको सहभागीता रहेको थियो।
ne_NPNepali
ne_NPNepali en_USEnglish