बाग्मती सफाई महाअभियानको ४९१औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महाअभियानको ४९१ औं सप्ताहको कार्यक्रम मिति २०७९/०६/ २२ गते शनिबारका दिन बिहान २ घण्टा भौतिक दुरी कायम गर्दै बुद्धनगर पुल आसपासको क्षेत्रमा नदी र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।सर-सफाइ कार्यक्रममा संकलित करिव १ मेट्रिक टन फोहर काठमाडौ महानगरपालिका तथा यस समितिको सवारी साधन/ट्याक्टर बाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।सर-सफाइ कार्यक्रममा यस समितिका कार्यकारी समिति अधयक्षज्यु , कर्मचारीहरु अभियन्ताहरू तथा ५ वटा विभिन्न संघ संस्थाहरु बाट गरी करिव १०० जनाको सहभागीता रहेको थियो।
ne_NPNepali
ne_NPNepali en_USEnglish