बाग्मती सफाई महाअभियानको ४७७ औं सप्ताह सम्पन्न

वाग्मती सफाइ महाअभियानको ४७७ औं सप्ताहको कार्यक्रम मिति २०७९/०३/१८  गते शनिबारका दिन बिहान २ घण्टा भौतिक दुरी कायम गर्दै  महादेवस्थान पुल आसपासको क्षेत्रमा नदी र नदी किनारमा सर-सफाइ कार्यक्रम सम्पन्न भएको छ ।

सर-सफाइ कार्यक्रममा संकलित करिव ३  मेट्रिक टन फोहर काठमाडौ महानगरपालिका तथा यस समितिको सवारी साधन/ट्याक्टर बाट कुहिने र नकुहिने छुट्याई ब्यवस्थापन गरिएको छ ।

सर-सफाइ कार्यक्रममा कार्यकारी समितिका अध्यक्षज्यू,  अभियान्ताज्यूहरू, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारीहरु तथा  ५ वटा विभिन्न संघ संस्थाहरु बाट गरी  करिव  १७०  जनाको सहभागीता रहेको थियो ।

ne_NPNepali
ne_NPNepali en_USEnglish