Photo Gallery

वाग्मती सफाइ महाअभियानको ३४१ औंसप्ताह
बाग्मती सफाई महाअभियानको ३४१ औं सप्ताह थापाथली पुलको कुपोण्डोल तर्फ आसपासमा सफाई गरी सम्पन्न भएको छ । नियमित हुदै आइरहेको साताव्यापी सफाई अभियानबाट शनिबार ६ मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ । सफाइ अभियानमा अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका, कार्यकारी समिति अध्यक्ष ज्यु, समितिका कर्मचारीहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी, काठमाडौं उपत्यका खानेपानी, काठमाडौं महानगरपालिका, नेपाली सेना, मुक्तिनाथ विकास बैंक गरी १४ वटा संघ सस्था र ३०० जनाको सहभागिता रहेको थियो । त्यस्तै आगमी साता आगमी साता पशुपति राम मन्दिर आसपासमा सरसफाई हुने अभियानबाट जानकारी गराइएको छ ।