Photo Gallery

वाग्मती सफाइ महाअभियानको ३३९ औंसप्ताह
बाग्मती सफाई महाअभियानको ३३९ औं सप्ताह तिलगंगा पुल आसपासमा सफाई गरी सम्पन्न भएको छ । नियमित हुदै आइरहेको साताव्यापी सफाई अभियानबाट शनिबार ४ मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ । सफाइ अभियानमा अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका, कार्यकारी समिति अध्यक्ष ज्यु, समितिका कर्मचारीहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी, काठमाडौं उपत्यका खानेपानी, काठमाडौं महानगरपालिका, नेपाली सेना, मुक्तिनाथ विकास बैंक गरी १५ वटा संघ सस्था र ३५० जनाको सहभागिता रहेको थियो । त्यस्तै आगमी साता आगमी साता थापाथली पुलको कुपोण्डोल तर्फ सरसफाई हुने अभियानबाट जानकारी गराइएको छ ।