Photo Gallery

वाग्मती सफाइ महाअभियानको ३३० औंसप्ताह
वाग्मती सफाइ महाअभियानको ३३० औं सप्ताह गुसिङगाल पुल आसपासमा सफाइ गरी सम्पन्न भएको छ । नियमित हुँदै आइरहेको साताव्यापी सफाइ अभियानबाट शनिबार ६ मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ । सफाइ अभियानमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाल प्रहरी, सशस्त्र प्रहरी, काठमाडौं उपत्यका खानेपानी, काठमाडौं महानगरपालिका, नेपाली सेना, मुक्तिनाथ विकास बैंक गरी १८ वटा संघ सस्था र सहभागी ४०० जनाको सहभागिता रहेको थियो । त्यस्तै आगामी साता गुसिङगाल पुलको पारी तर्फो साइड आसपासमा सरसफाई हुने अभियानबाट जानकारी गराइएको छ ।