Photo Gallery

वाग्मती सफाइ महाअभियानको ३२९ औंसप्ताह
वाग्मती सफाइ महाअभियानको ३२९ औं सप्ताह थापाथली पुल आसपासमा सफाइ गरी सम्पन्न भएको छ । नियमित हुँदै आइरहेको साताव्यापी सफाइ अभियानबाट शनिबार ४ मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ । सफाइ अभियानमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाल प्रहरी, सशस्त्र प्रहरी, काठमाडौं उपत्यका खानेपानी, काठमाण्डौ महानगरपालिका, नेपाली सेना, मुक्तिनाथ विकास बैंक गरी २२ वटा संघ सस्था र सहभागी गरी झण्डै ३०० जनाको सहभागिता रहेको थियो । त्यस्तै आगामी साता गुसिङगाल पुल आसपासमा सरसफाई हुने अभियानबाट जानकारी गराइएको छ । सफाइ पछि बाग्मती नदीमा डुङगा र्याफ्टिङ पनि कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रममा ललितपुर म.न.पा.को मेयर श्री चिरीबाबु मर्हजन ज्यू, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख ज्यूको सहभागिता रहेको थियो ।