Photo Gallery

वाग्मती सफाइ महाअभियानको ३२७ औंसप्ताह
वाग्मती सफाइ महाअभियानको ३२७ औं सप्ताह बुद्धनगर पुल भन्दा तल्लो पुल रुद्रमती दोभान आसपासमा सफाइ गरी सम्पन्न भएको छ । नियमित हुँदै आइरहेको साताव्यापी सफाइ अभियानबाट शनिबार ३ मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ । सफाइ अभियानमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाल प्रहरी, सशस्त्र प्रहरी, काठमाडौं उपत्यका खानेपानी, काठमाण्डौ महानगरपालिका, नेपाली सेना, मुक्तिनाथ विकास बैंक गरी १९ वटा संघ सस्था र सहभागी गरी झण्डै ३२० जनाको सहभागिता रहेको थियो । त्यस्तै आगामी साता थापाथली आसपासमा सरसफाई हुने अभियानबाट जानकारी गराइएको छ । सरसफाइमा ओम् शान्तिले बागमती किनारमा वृक्षारोपण कार्यक्रम का.म.न.पा. को उप-मेयर श्री प्रभा खड्गी ज्यूबाट आरम्भ गरी अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख श्री आशिष घिमिरे ज्युले पनि सो कार्यक्रममा सहभागिता जनाउनु भएको थियो ।