Photo Gallery

वाग्मती सफाइ महाअभियानको ३२६ औंसप्ताह
वाग्मती सफाइ महाअभियानको ३२६ औं सप्ताह बुद्धनगर पुल आसपासमा सफाइ गरी सम्पन्न भएको छ । नियमित हुँदै आइरहेको साताव्यापी सफाइ अभियानबाट शनिबार ४ मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ । सफाइ अभियानमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाल प्रहरी, सशस्त्र प्रहरी, काठमाडौं उपत्यका खानेपानी, काठमाडौं महानगरपालिका, नेपाली सेना, मुक्तिनाथ विकास बैंक गरी १५ वटा संघ सस्था र सहभागी गरी झण्डै ३३० जनाको सहभागिता रहेको थियो । त्यस्तै आगामी साता बुद्धनगर पुल भन्दा तल्लो पुल रुद्रमती दोभान आसपासमा सरसफाई हुने अभियानबाट जानकारी गराइएको छ । सरसफाइमा राष्ट्रिय युवा परिषद्, सानोठिमी, भक्तपुरले मास्क, पन्जा तथा डोको समितिका आयोजना प्रमुख श्री आशिष घिमिरे ज्युलाई हस्तान्तरण गरेको थियो ।