Photo Gallery

वाग्मती सफाइ महाअभियानको ३२२ औंसप्ताह
वाग्मती सफाइ महाअभियानको ३२२ औं सप्ताह थापाथली पुल आसपासमा सफाइ गरी सम्पन्न भएको छ । नियमित हुँदै आइरहेको साताव्यापी सफाइ अभियानबाट शनिबार ३ मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ । सफाइ अभियानमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाल प्रहरी, सशस्त्र प्रहरी, काठमाडौं उपत्यका खानेपानी, काठमाण्डौ महानगरपालिका, नेपाली सेना, मुक्तिनाथ विकास बैंक गरी १८ वटा संघ सस्था र सहभागी गरी झण्डै ३५० जनाको सहभागिता रहेको थियो । त्यस्तै आगामी साता बुद्धनगर पुल आसपासमा सरसफाई हुने अभियानबाट जानकारी गराइएको छ । साथै नेपाल इन्जिनियर्स एशोसियनको ५७ औं इन्जिनियर दिवसको अवसरमा इन्जिनियर्स एशोसियनका उपाध्यक्ष आशिष घिमिरे ज्यु तथा नेपाल इन्जिनियर श्रीमति समाजको समन्वयनमा बाग्मती किनारामा बृक्षारोपण कार्यक्रमा पनि गरिएको थियो ।