Photo Gallery

वाग्मती सफाइ महाअभियानको ३२० औंसप्ताह
वाग्मती सफाइ महाअभियानको ३२० औं सप्ताह शंखमुल पुल आसपासमा सफाइ गरी सम्पन्न भएको छ । नियमित हुँदै आइरहेको साताव्यापी सफाइ अभियानबाट शनिबार ४ मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ । सफाइ अभियानमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाल प्रहरी, सशस्त्र प्रहरी, काठमाडौं उपत्यका खानेपानी, काठमाण्डौ महानगरपालिका, नेपाली सेना, यु.एन.पार्क समुह, मुक्तिनाथ विकास बैंक गरी १९ वटा संघ सस्था र सहभागी गरी झण्डै ४०० जनाको सहभागिता रहेको थियो । त्यस्तै आगामी बुद्धनगर पुल आसपासमा हुने अभियानबाट जानकारी गराइएको छ ।