Photo Gallery

वाग्मती सफाइ महाअभियानको ३१९ औंसप्ताह
वाग्मती सफाइ महाअभियानको ३१९ औं सप्ताह मनोहरा दोभान तथा आर्ट अफ लिभिङ आसपासमा सफाइ गरी सम्पन्न भएको छ । नियमित हुँदै आइरहेको साताव्यापी सफाइ अभियानबाट शनिबार ६ मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ । सफाइ अभियानमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाल प्रहरी, सशस्त्र प्रहरी, काठमाडौं उपत्यका खानेपानी, काठमाडौं महानगरपालिका, नेपाली सेना, मुक्तिनाथ विकास बैंक, बाग्मती फोहर उन्मुलन नमुना उपभोक्ता समाज, सशस्त्र प्रहरी परिवार महिला संघ गरी २४ वटा संघ सस्था र सहभागी गरी झण्डै ५०० जनाको सहभागिता रहेको थियो । त्यस्तै आगामी साता शंखमुल पुल आसपासमा हुने अभियानबाट जानकारी गराइएको छ ।