Photo Gallery

वाग्मती सफाइ महाअभियानको ३१८ औंसप्ताह
वाग्मती सफाइ महाअभियानको ३१८ औं सप्ताह कोटेश्वर पुल आसपासमा सफाइ गरी सम्पन्न भएको छ । नियमित हुँदै आइरहेको साताव्यापी सफाइ अभियानबाट शनिबार ५ मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ । सफाइ अभियानमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाल प्रहरी, सशस्त्र प्रहरी, काठमाडौं उपत्यका खानेपानी, काठमाण्डौ महानगरपालिका, नेपाली सेना, मुक्तिनाथ विकास बैंक तथा खुसी बचत सहकारी संस्था एवं कलाकार गरी १७ वटा संघ सस्था र सहभागी गरी झण्डै ५०० जनाको सहभागिता रहेको थियो । त्यस्तै आगामी साता वाग्मती मनोहरा दोभान आसपासमा हुने अभियानबाट जानकारी गराइएको छ ।