Photo Gallery

वाग्मती सफाइ महाअभियानको ३१७ औंसप्ताह
वाग्मती सफाइ महाअभियानको ३१७ औं सप्ताह आलोकनगर आसपासमा सफाइ गरी सम्पन्न भएको छ । नियमित हुँदै आइरहेको साताव्यापी सफाइ अभियानबाट शनिबार ४ मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ । सफाइ अभियानमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाल प्रहरी, सशस्त्र प्रहरी, काठमाडौं उपत्यका खानेपानी, काठमाण्डौ महानगरपालिका, नेपाली सेना, मुक्तिनाथ विकास बैंक तथा स्थानीय वडा अध्यक्ष र नयाँ बानेश्वर प्रहरी विटका डि.एस.पी. गोविन्द काफ्ले गरी २४ वटा संघ सस्था र सहभागी गरी झण्डै ५०० जनाको सहभागिता रहेको थियो । त्यस्तै आगामी साता कोटेश्वर महादेवस्थान आसपासमा हुने अभियानबाट जानकारी गराइएको छ ।