Photo Gallery

वाग्मती सफाइ महाअभियानको ३१३ औंसप्ताह
वाग्मती सफाइ महाअभियानको ३१३ औं सप्ताह गुहृयेश्वरी स्कुलको फलामे पुल आसपासमा सफाइ गरी सम्पन्न भएको छ । नियमित हुँदै आइरहेको साताव्यापी सफाइ अभियानबाट शनिबार ५ मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ । सफाइ अभियानमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाल प्रहरी, सशस्त्र प्रहरी, काठमाडौं उपत्यका खानेपानी, काठमाण्डौ महानगरपालिका, नेपाली सेना, मुक्तिनाथ विकास बैंक गरी १२ वटा संघ सस्था सहभागी गरी झण्डै ३०० जनाको सहभागिता रहेको थियो ।