Photo Gallery

वाग्मती सफाइ महाअभियानको ३११ औंसप्ताह
बाग्मती सफाइ महाअभियानको ३११ औं सप्ताह सिनामंगल आसपासमा सफाइ गरी सम्पन्न भएको छ । नियमित हुँदै आइरहेको साताव्यापी सफाइ अभियानबाट शनिबार ५ मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ । सफाइ अभियानमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाल प्रहरी, सशस्त्र प्रहरी, काठमाडौं उपत्यका खानेपानी, काठमाण्डौ महानगरपालिका, नेपाली सेना, मुक्तिनाथ विकास बैंक गरी १८ वटा संघ सस्था र सहभागी गरी झण्डै ३५० जनाको सहभागिता रहेको थियो । त्यस्तै आगामी साता सिनामंगल आसपासमा हुने अभियानबाट जानकारी गराइएको छ ।