Photo Gallery

वाग्मती सफाइ महाअभियानको ३०८ औंसप्ताह
वाग्मती सफाइ महाअभियानको ३०८ औं सप्ताह गुहृयेश्वरी तथा बल्खु ललितपुर साइड आसपासमा सफाइ गरी सम्पन्न भएको छ । नियमित हुँदै आइरहेको साताव्यापी सफाइ अभियानबाट शनिबार ३ मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ । सफाइ अभियानमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाल प्रहरी, सशस्त्र प्रहरी, काठमाडौं उपत्यका खानेपानी, काठमाण्डौ महानगरपालिका, नेपाली सेना, गरी १० वटा संघ सस्था र सहभागी गरी झण्डै २५० जनाको सहभागिता रहेको थियो । त्यस्तै आगामी साता पनि (बायोधा अस्पताल बल्खु साइड) मा हुने अभियानबाट जानकारी गराइएको छ ।