Photo Gallery

वाग्मती सफाइ महाअभियानको ३०५ औंसप्ताह
वाग्मती सफाइ महाअभियानको ३०५ औं सप्ताह राम मन्दिर -पशुपति मन्दिर) आसपासमा सफाइ गरी सम्पन्न भएको छ । नियमित हुँदै आइरहेको साताव्यापी सफाइ अभियानबाट शनिबार ७ मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ । सफाइ अभियानमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाल प्रहरी, सशस्त्र प्रहरी, काठमाडौं उपत्यका खानेपानी, काठमाण्डौ महानगरपालिका, नेपाली सेना, मुक्तिनाथ विकास बैंक गरी २३ वटा संघ सस्था र सहभागी गरी झण्डै ५०० जनाको सहभागिता रहेको थियो । त्यस्तै आगामी साता राम मन्दिर आसपासमा हुने अभियानबाट जानकारी गराइएको छ ।