Photo Gallery

वाग्मती सफाइ महाअभियानको ३०० औंसप्ताह
वाग्मती सरफाइ महा-अभियानको ३०० औं हप्ताको कार्यक्रम भव्यताका साथ बाग्मती नदी र मनोहरा नदीको दोभानस्थित आर्ट अफ लिभिङको प्राङ्गानमा मिति २०७५/१०/२६ गते सम्पन्न भएको छ । कार्यक्रम मूलसमारोह समितिका संयोजक शहरी विकास मन्त्री माननीय श्री मोहमद स्तियाक र्राईज्यूको अध्यक्षता, परराष्ट्र मन्त्री मा. श्री प्रदिप ज्ञवालीज्यूको प्रमुख आतिथ्य र खानेपानी तथा सरसफाई मन्त्री मा. श्री बिना मगरज्यू र वन मन्त्री मा. श्री शक्ति बस्नेतज्यूको विशेष आतिथ्यतामा सम्पन्न भएको छ । नदी तथा अन्य र्सार्वजनिक क्षेत्रको सरसफाई सम्बन्धी कार्यविधि, २०७५ को नमुना विमोचन परराष्ट्र मन्त्री मा. प्रदिप ज्ञवालीज्यूबाट भयो । उक्त कार्यक्रमको अवसरमा र्याफ्टिङ्ग समेतको मज्जा कार्यक्रममा उपस्थितहरुले लिएका थिए । साथै कार्यक्रममा अधिकार सम्पन्न बाग्म्ती सभ्यता एकीकृत विकास समितिबाट सडक किनारामा राखिएको करिब ४०० सोलार बत्तीको उद्धघाटन गरिएको थियो । विभिन्न संघ-संस्थाको र्याली, झाँकी सहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल लगायत र्सवसाधारणको उल्लेखनिय उपस्थिति थियो ।