Photo Gallery

वाग्मती सफाइ महाअभियानको २८८ औं सप्ताह
वाग्मती सफाइ महाअभियानको २८८ औं सप्ताह बुद्धनगर पुल आसपासमा सफाइ गरी सम्पन्न भएको छ । नियमित हुँदै आइरहेको साताव्यापी सफाइ अभियानबाट शनिबार ६ मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ । सफाइ अभियानमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाल प्रहरी, सशस्त्र प्रहरी, पहुच नेपाल, मुक्तिनाथ विकास बैंक, काठमाडौं उपत्यका खानेपानी, तिलगंगा महिला समुह, काठमाण्डौ महानगरपालिका, नेपाली सेना गरी २३ वटा संघ सस्था र सहभागी गरी झण्डै ४५० जनाको सहभागिता रहेको थियो । त्यस्तै आगामी साता - बुद्धनगर पुल ) आसपासमा सफाइ गरिने अभियानबाट जानकारी गराइएको छ ।