Photo Gallery

वाग्मती सफाइ महाअभियानको २८७ औं सप्ताह
बाग्मती सफाइ महाअभियानको २८७ औं सप्ताह गुह्येश्वरीमा सफाइ गरी सम्पन्न भएको छ। नियमित हुँदै आइरहेको सफाइ साताव्यापी सफाइ अभियानबाट शनिबार ४ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइ अभियानमा अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाल प्रहरी, सशस्त्र प्रहरी , नेपाली सेना, पुडासैनी मैत्री समाज , न्युयर्नेक मिउजिकल ब्याण्डले वातावरण सम्बन्धी गीत प्रस्तुत गरेर कार्यक्रमलाई संगीतमय बनाउनुको साथै जनचेतनापूलक सन्देह समेत प्रदान गरेको थियो । त्यस्तै आगामी साता बुद्धनगर पुल आसपासमा सफाइ गरिने अभियानबाट जानकारी गराइएको छ ।