Photo Gallery

वाग्मती सफाइ महाअभियानको २८४ औं सप्ताह
ववाग्मती सफाइ महाअभियानको २८४ औं सप्ताह गुह्येश्वरी मन्दिर पुल आसपासमा सफाइ गरी सम्पन्न भएको छ । नियमित हुँदै आइरहेको साताव्यापी सफाइ अभियानबाट शनिबार २ मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ । सफाइ अभियानमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाल प्रहरी, सशस्त्र प्रहरी, पहुच नेपाल, मुक्तिनाथ विकास बैंक, काठमाडौं उपत्यका खानेपानी, तिलगंगा महिला समुह, काठमाण्डौ महानगरपालिका, नेपाली सेना गरी ७ वटा संघ सस्था र सहभागी गरी झण्डै १५० जनाको सहभागिता रहेको थियो । त्यस्तै आगामी साता - बुद्धनगर पुल ) आसपासमा सफाइ गरिने अभियानबाट जानकारी गराइएको छ ।