Photo Gallery

वाग्मती सफाइ महाअभियानको २७७ औं सप्ताह
वाग्मती सफाइ महाअभियानको २७७ औं सप्ताह -मिनभवन पुल, भिएस निकेतन) आसपासमा सफाई गरी सम्पन्न भएको छ । नियमित हुँदै आइरहेको साताव्यापी सफाइ अभियानबाट शनिबार ४ मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ । सफाइ अभियानमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सशस्त्र प्रहरी बल, तिलगंगा महिला समुह, नेपाली सेना गरी १४ वटा संघ सस्था र सहभागी गरी झण्डै ३०० जनाको सहभागिता रहेको थियो । त्यस्तै आगामी साता - बानेश्वर क्याम्पस पुल ) आसपासमा सफाइ गरिने अभियानबाट जानकारी गराइएको छ ।