Photo Gallery

वाग्मती सफाइ महाअभियानको २७५ औं सप्ताह
वाग्मती सफाइ महाअभियानको २७५ औं सप्ताह -बानेश्वर क्याम्पस पुल) आसपासमा सफाई गरी सम्पन्न भएको छ । नियमित हुँदै आइरहेको साताव्यापी सफाइ अभियानबाट शनिबार ७ मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ । सफाइ अभियानमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जागृति विकास समिति , सशस्त्र प्रहरी बल महिला संघ,तिलगंगा महिला समुह, नेपाली सेना गरी ३१ वटा संघ सस्था र सहभागी गरी झण्डै ४०० जनाको सहभागिता रहेको थियो । त्यस्तै आगामी साता - तिलगंगा पुल ) आसपासमा सफाइ गरिने अभियानबाट जानकारी गराइएको छ ।