Photo Gallery

वाग्मती सफाइ महाअभियानको २४७ औं सप्ताह
वाग्मती सफाइ महाअभियानको २४७ औं सप्ताह मनोहरा दोभान पुल, शंखमुल क्षेत्रमा सफाइ गरी सम्पन्न भएको छ । नियमित हुँदै आइरहेको साताव्यापी सफाइ अभियानबाट शनिबार ८ मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ । सफाइ अभियानमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना गरी ३३ वटा संघ सस्था र सहभागी गरी झण्डै १००० जनाको सहभागिता रहेको थियो । त्यस्तै आगामी साता रुद्रमती, धोविखोला (सेतो पुल) आसपासमा सफाइ गरिने अभियानबाट जानकारी गराइएको छ ।